बलिउड अभिनेता राजकुमार राव अभिनीत फिल्म 'भूल चुक माफ' ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले दुई दिनमा १६ करोड ५० लाख भारू कमाएको छ। ७ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ९ करोड ५० लाख भारू कमाएको हो।
करण शर्माले निर्देशन गरेको फिल्ममा राजकुमार रावसँगै वामिका गब्बीको मुख्य भूमिका छ। फिल्मलाई दिनेश विजानले निर्माण गरेका हुन्।
फिल्ममा राजकुमारको विवाहको प्रसंगलाई देखाइको छ। तर उनको हल्दी समारोह अगाडि बढ्दैन।