बलिउड अभिनेत्री कोन्कणा सेन शर्मा ४५ वर्षको उमेरमा प्रेममा परेकी छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी अभिनेता अमोल पाराशरको प्रेममा परेकी हुन्। उनीहरू हालै वेब सिरिज 'ग्राम चिकित्सालय' को स्क्रिनिङमा देखिएका थिए। उनीहरूले मिडिया सामू पहिलो पटक एकसाथ तस्बिर खिचेका छन्।
यतिबेला कार्यक्रमको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अमोलले टाइम्स अफ इन्डियासँग केही समयअघि दिएको अन्तर्वार्तामा कसैको नाम नलिई प्रेम सम्बन्धमा रहेको संकेत गरेका थिए। 'मलाई कोही रोकिरहेका छैनन्। रियल रिलेशनशिपमा एक निश्चित पवित्रता हुन्छ र मलाई यसलाई निजी राख्न रूचाउँछु,' उनले भनेका थिए।
कोन्कणा सेन शर्मा र अमोल पाराशरले सन् २०१९ मा फिल्म 'डाली किट्टी' र 'चमकते सितारे' मा एकसाथ काम गरेका थिए।
कोन्कणाले रणवीर शौरीसँग विवाह गरेकी थिइन्। उनीहरूले सन् २०१५ मा डिभोर्स गरेका थिए। उनीहरूको एक छोरा छन्।