बलिउड अभिनेता रणवीर कपूरको फिल्म 'रकस्टार' को सिक्वेल बन्ने भएको छ।
सन् २०११ मा रिलिज भएको फिल्ममा रणवीरले रकस्टारको भूमिका निर्वाह गरेका थिए। यो फिल्म गतवर्ष रिरिलिज भएको थियो। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्नुको साथै खुब तारिफ पाएको थियो।
फिल्मले तारिफ पाएपछि फिल्मको सिक्वेल बनाउन लागिएको हो। फिल्मका निर्देशक इम्तियाज अलीले हालै एक पडकास्टमा उक्त कुराको खुलासा गरेका हुन्।
'यो फिल्मको सिक्वेल बनाउँदिनँ भन्दिनँ। कुनै आइडिया आयो र मलाई रकस्टार पार्ट २ को लागि ठिक छ भन्ने जस्तो लाग्यो भने पक्कै बनाउँछु,' उनले भनेका छन्।
६० करोड भारू बजेटमा बनेको फिल्मले भारतीय बक्स अफिसमा १०८ करोड भारू कमाएको थियो। फिल्ममा रणवीर कपूरसँगै नरगिस फकरी, अदिति राव हैदरीको मुख्य भूमिका थियो।