बलिउड अभिनेता अमिताभ बच्चन सन् २०२४/२५ मा सबभन्दा धेरै कर तिर्ने भारतीय कलाकार बनेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनले १२० करोड भारू कर तिरेका छन्। कर तिर्ने मामिलामा उनले अभिनेता शाहरूख खानलाई समेत पछाडि पारेका छन्।
यसवर्ष अमिताभ बच्चनको कुल कमाइ ३५० करोड भारू छ। उनले यो ब्रान्ड एम्बेडर, फिल्म र कौन बनेगा करोडपति शो होस्ट गरेर कमाएका हुन्। अमिताभले पछिल्लो वर्ष ७१ करोड भारू कर तिरेका थिए।
त्यस्तै पछिल्लो वर्ष अभिनेता शाहरूख खानले ९२ करोड भारू कर तिरेका थिए। गतवर्ष शाहरूख सबभन्दा धेरै कर तिर्ने अभिनेता बनेका थिए भने यसवर्ष अमिताभ बच्चनले उछिनेका छन्।
अमिताभसँग कुल सम्पत्ति १६०० करोड भारू छ।