टेलिशृंखलाकी अभिनेत्री प्रियंका चाहर चौधरी र अभिनेता अंकित गुप्ताको ब्रेकअप भएको चर्चा छ।
हालै ब्रेकअपको खबर बारे प्रश्न गर्दा अंकितले कुराकानी गर्न अस्वीकार गरेका छन्। जसले गर्दा उनीहरूका फ्यानले ब्रेकअप भएको अनुमान लगाएका छन्।
'म यस विषयमा केही कमेन्ट गर्न चाहन्नँ,' अंकितले भारतीय सञ्चारमाध्यम इन्डिया फोरमसँग कुराकानी गर्दै भनेका छन्।
प्रियंका र अंकितले एक अर्कालाई इन्स्टाग्रामबाट अनफलो गरेपछि ब्रेकअपको चर्चा चलेको हो। तर उनीहरूले इन्स्टाग्रामबाट सँगै भएका तस्बिर र भिडिओ हटाएका छैनन्।
प्रियंका र अंकितको भेट सन् २०२१ मा आएको टेलिशृंखला 'उडारियां' को सेटमा भएको थियो। उनीहरू प्रेम यही सेटबाट भएको थियो।
प्रियंका र अंकित रियालिटी शो 'बिग बोस' को सिजन १६ मा पनि देखिएका थिए।