बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' को सिक्वेल बन्दैछ।
यशराज फिल्म्स ब्यानरबाट बन्ने फिल्मको तयारी सुरू भइसकेको छ। यस फिल्मको स्क्रिप्टमा काम चलिरहेको छ। सन् २०२६ सम्म फिल्मको छायांकन सुरू हुने बताएको छ। यसैबीच फिल्मको सिक्वेलमा दक्षिण भारतीय स्टार खलनायक बन्ने चर्चा छ।
'पठान' मा शाहरूख खानको अपोजिट जोन अब्राहम देखिएका छन्। अब 'पठान २' मा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन देखिने चर्चा छ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, 'मजबुत अफवाह पठान २ मा अल्लू अर्जुन खलनायक बन्ने।'
केही समय पहिले अल्लू अर्जुनले हिन्दी फिल्मलाई लिएर आफ्नो प्रतिक्रिया दिएका थिए। उनले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै हिन्दी फिल्ममा काम गर्न चाहेको बताएका थिए।