बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘द डिप्लोम्याट’ ले भारतीय बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनुसार फिल्मले ४ करोड ३ लाख भारूमा ओपनिङ गरेको छ। फिल्ममा एक भारतीय महिलालाई जबरजस्ती पाकिस्तानी पुरूषले विवाह गरेको प्रसंगलाई देखाइएको छ। फिल्ममा जोन अब्राहमले भारतीय राजनयिक जेपी सिंहको भूमिका निर्वाह गरेका छन्।
यो सत्य घटनामा आधारित छ। शिवम नयरले निर्देशन गरेको फिल्मलाई जोन अब्राहम, सडिया खतेब, कुमुद मिश्रालगायत कलाकारको अभिनय छ।
फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जोन अब्राहम, विपुल डी शाह, अश्विन वर्दे, राजेश बहल (वाकाओ फिल्म्स), समीर दीक्षित, जतीश वर्मा, राकेश डांगलगायतले निर्माण गरेका हुन्।