बलिउड अभिनेत्री श्रद्धा कपूर हालै रेड सी फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन्।
यसै क्रममा उनले 'स्पाइडर म्यान' का अभिनेता एंड्रेयु गारफिल्डसँग तस्बिर खिचाएकी थिइन्। फेस्टिभलमा अभिनेत्रीले आफ्नो करियरको बारेमा पनि कुराकानी गरेकी छन्।
'म फरक-फरक जनराको फिल्म खेल्न चाहन्छु। जुन फिल्म हातमा आयो गर्नुभन्दा पनि केही समय पर्खिएर राम्रो फिल्ममा काम गर्न रूचाउँछु। त्यसैले एक अभिनेत्रीको हिसाबले म यस्तो फिल्मको भाग बन्न चाहन्छु जो मेरो लागि फरक होस्। यही मेरो इच्छा छ,' उनले भनिन्।
उनले युवा कलाकारलाई सल्लाह दिदै भनेकी छन्, 'ग्यालमरका लागि फिल्म नखेल्नुस्। यदि तपाई कलाकार बन्न चाहनुहुन्छ भने ग्यामरमा १० प्रतिशत ध्यान दिनुस्। बाँकी ९० प्रतिशत कडा मिहेनत गर्नुहोस्।'