बलिउड अभिनेता रणवीर कपूरको हातमा ठू-ठूला फिल्म छ। जसमा नितेश तिवारीको निर्देशनमा बनिरहेको फिल्म 'रामायण' लाई लिएर दर्शक उत्साहित छन्।
फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन्। फिल्मको पहिलो पार्ट बनिसकेको छ। हालै अभिनेता रणवीरले एक अन्तर्वार्तामा उक्त कुरा खुलासा गरेका हुन्। साथै उनले दोस्रो पार्टको छायांकन सुरू गर्न लागेको बताए।
'यस समय म रामायणमा काम गरिरहेको छु। जुन निकै राम्रो कहानी छ। यसको दुई पार्ट हुनेछ। मैले पार्ट १ को छायांकन पूरा गरिसकें। दोस्रो पार्टको छायांकन छिट्टै हुनेछ। यस कहानीको भाग बनेर रामको भूमिका निवार्ह गर्न पाउँदा निकै गर्व महसुस भइरहेको छ। यो मेरो सपना थियो। यस फिल्मले भारतीय संस्कृति के हो, परिवारसँग कसरी सम्बन्ध निर्वाह गर्नुपर्छ र श्रीमान-श्रीमतीको सम्बन्ध कस्तो हुनुपर्छ भने देखाउँछ,' उनले भने।
नितेश तिवारी निर्देशित फिल्ममा साई पल्लवी सीताको भूमिकामा देखिदैछिन् भने केजिएफ अभिनेता यश रावणको। त्यस्तै लक्ष्मणको भूमिकामा रवी दुब्रे, हनुमानको भूमिकामा सनी देओल, कुम्भकर्णको भूमिकामा बबी देओल र रावणका भाइ विभीषणको भूमिकामा विजय सेतुपति देखिने चर्चा छ।
प्यान इन्डियाको फिल्म सन् २०२६ प्रदर्शन हुनेछ। दोस्रो पार्ट सन् २०२७ मा प्रदर्शन हुनेछ।