बलिउड अभिनेता आमिर खानले शाहरूख खान र सलमान खानसँग एकसाथ फिल्ममा काम गर्न तयार भएको बताएका छन्।
उनले आफूहरू राम्रो स्क्रिप्टको पखाईमा रहेको बताएका छन्। केही महिनाअघि रेड सी फिल्म फेस्टिभलमा आमिरले सलमान र शाहरूखसँग फिल्मको बारेमा कुराकानी भएको बताएका थिए।
'मैले उनीहरूलाई फिल्मको बारेमा कुराकानी गरेको थिएँ। शाहरूख र सलमानले भनेका छन् कि यदि हामी तीन जनाले एकसाथ फिल्म खेलेनौं भने दुखद हुनेछ' उनले भने, 'आशा छ कि हामी छिट्टै एकसाथ फिल्म खेल्ने छौं। तर यसको लागि राम्रो कहानीको आवश्यकता हुनेछ। त्यसैले हामी राम्रो स्क्रिप्टको पखाईमा छौं।'
बलिउडका तीन खानलाई हेर्न दर्शक लामो समयदेखि पखाईमा छन्।
आमिर खान आगामी फिल्म 'लाहोर १९४७' निर्माण गर्दैछन्। जसलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन्। फिल्ममा सनी देओलको मुख्य भूमिका रहनेछ।