बलिउड अभिनेत्री अनन्या पाण्डेले बुवा चंकी पाण्डेको घर छाडेकी छन्।
हालै एक अन्तर्वार्तामा उनले आफ्नो बुवाको घर छाडेको बताएकी हुन्। 'जब म आफ्नो मान्छेहरूसँग हुन्थे, म उदास हुँदा उनीहरू मरो उदासीलाई अझै बढाउँथे। आमा (भावना पाण्डे) को लगातार प्रश्न के भयो? तिमी ठिक छौं? जसले मेरो उदासीलाई कम गर्नेभन्दा अझै बढाउँथ्यो,' उनले भनेकी छन्।
उनले आफ्नो इमोशन परिवारलाई बढाई-चढाई बताउने गरेको समेत खुलाइन्। 'म घरमा रूँदा पनि थोरै अभिनय गर्थे। परिवारबाट बाहिर बसेपछि आफ्नो भावनाहरूलाई नियन्त्रण गर्न निकै सहयोग भइरहेको छ,' उनले भनिन्।
अनन्या परिवार भएकै बिल्डिङमा अर्का फ्ल्याट लिएर बसिरहेकी छन्।