बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म 'आई वान्ट टु टक' हालै रिलिज भएको थियो।
यतिबेला उनी यसै फिल्मको प्रमोशनमा व्यस्त छन्। यसैबीच एक अन्तर्वार्तामा उनले बताएका छन् कि एक समय उनको सबै फिल्म लगातार फ्लप भइरहेको थियो, त्यतिबेला उनले अभिनय छोड्ने सोचेका थिए।
'मेरो लगातार फिल्म फ्लप भइरहेको थियो। अचानक मेरो अभिनयलाई लिएर पनि आलोचना सुरू भयो। त्यतिबेला म ठूला-ठूला निर्देशकसँग काम गरिरहेको थिएँ। मनमा यो आशा थियो कि उनीहरू मलाई केही सिकाउँछन् र गलति सुधार्छु। तर केही परिवर्तन भइरहेको थिएन,' उनले भने।
उनले थप्दै भने, 'मैले बुवालाई म अभिनयको लागि बनेको होइन रहेछु भनें। त्यतिबेला मैले अरू केही गर्ने सोच बनाएँ। तर बुवाले मलाई अभिनय छाड्ने होइन, केही सिकेर राम्रो अभिनेता बन भन्ने सल्लाह दिनुभयो। उहाँले जुन फिल्म पाए पनि साइन गर भन्नु भयो। मैले त्यस्तै गरें।'