दिवालीको अवसर पारेर रिलिज गरिएको कार्तिक आर्यनको फिल्म 'भूल भुलैया ३' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले २४ दिनमा भारतीय बक्स अफिसबाट ३१६ करोड ४७ लाख भारू कमाएको छ भने विश्वभरबाट ४०५ करोड ४१ लाख भारू कमाएको छ।
सन् २००७ मा प्रदर्शन भएको फिल्म 'भूल भुलैया' मा विद्या बालन मञ्जुलिका बनेकी थिइन् भने अक्षय कुमार डाक्टर आदित्य। प्रियदर्शनले निर्देशन गरेको फिल्मलाई दर्शकले खुब रूचाएका थिए।
सन् २०२२ मा प्रदर्शन भएको फिल्म 'भूल भुलैया २' मा कार्तिक आर्यनले अक्षय कुमारको ठाउँ लिएका थिए। अनीस बज्मी निर्देशित फिल्ममा तब्बूले चुडेलको भूमिका निर्वाह गरेकी थिइन्।
अनीस बज्मी निर्देशित फिल्म 'भूल भुलैया ३' मा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।