बलिउड अभिनेत्री शिल्पा शेट्टी कानुनी झमेलामा फसिरहन्छिन्। कहिले श्रीमान राज कुन्द्राको कारणले त कहिले आफ्नो विवादित बयानको कारण।
सन् २०१३ मा एक टिभीमा उनले वञ्चित वर्गलाई लिएर विवादित बयान दिएकी थिइन्। जसलाई लिएर राजस्थानमा उनीविरूद्ध एफआईआर दर्ता गरिएको थियो। उक्त केस हालसम्म चलिरहेको थियो।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार अब यस मामिलामा राजस्थान हाई कोर्टको तर्फबाट शिल्पा शेट्टीले 'क्लीन चिट' पाएकी छन्।
कोर्टले आदेशमा यस मामिलामा शिल्पा शेट्टीको विरूद्ध कुनै प्रमाण नभेटेको बताएको छ। शिल्पाको वकिल प्रशान्त पाटिलले भनेका थिए- यस मामिलामा अभिनेत्री शिल्पाले पहिलै सार्वजनिक रूपमा माफि मागेकी थिइन्।
उक्त अन्तर्वातामा अभिनेता सलमान खान पनि थिए। तर सलमानको नाम केसमा सामेल थिएन।