बलिउड अभिनेता अजय देवगनको फिल्म 'सिंघम अगेन' तीन सय करोड क्लबमा समावेश भएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्म १० दिनमा ३०० करोड क्लबमा समावेश भएको हो। फिल्मले १० दिनमा विश्वभरबाट ३१२ करोड भारू कमाएको छ। भारतबाटै मात्र फिल्मले २०६ करोड ५० लाख भारू कमाएको हो।
यो फिल्मको बजेट ३७५ करोड भारू बताइएको छ।
रोहित शेट्टी निर्देशित फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूर, टाइगर श्राफलगायत कलाकारको अभिनय छ।