अभिनेता चंकी पाण्डे बलिउडका चर्चित अभिनेता हुन्।
चंकी आफ्नो समयमा ह्यान्सम अभिनेताका सूचीमा सामेल थिए। उनले सन् १९८७ मा पहलाज निहलानी निर्देशि फिल्म 'आग ही आग' बाट डेब्यू गरेका थिए। उनको पहिलो फिल्म हिट भयो। त्यसपछि उनी 'तेजाब', 'खतरों के खिलाडी', र 'पापकी दुनियाँ' जस्ता फिल्ममा देखिए। यी फिल्मबाट पनि उनले राम्रो चर्चा कमाए।
उनी जति छिट्टो चर्चामा आए, त्यति नै छिट्टो फिक्का पर्न थाले। हालै चंकीले आफ्नो फिल्मी करियरलाई लिएर खुलेर कुराकानी गरेका छन्।
'म हराएको थिएँ। किनकी थुप्रै अभिनेताहरूले एकसाथ इन्ट्री गरेका थिए। सन् १९८६ मा गोविन्दा आए, १९८७ मा म, १९८८ मा आमिर, १९८९ मा सलमान, १९९० मा अजय आए। उनीहरू ठूला सुपरस्टार बने। म हराएँ। मैले एक वर्षसम्म आफ्नो हनीमूनको आनन्द लिएँ। १९८८ साल मेरो लागि निकै शानदार रह्यो। त्यसपछि सबै फिक्का भयो। यसको दोषी म आफै हुँ। किनकी युवा जोसमा मैले होस गुमाउनु हुँदैन थियो,' उनले भने।
चंकी आगामी फिल्म 'विजय ६९' मा देखिँदैछन्।