बलिउड फिल्म निर्माता एवं निर्देशक करण जोहरको नाम सधैं चर्चामा रहन्छ।
यतिबेला उनी आफ्नो छोराछोरी यश र रूहीको कारण चर्चामा छन्। हालै उनले आफ्नो बच्चाहरूले एकल अभिभावकको बारेमा प्रश्न सोध्छन् भनेर डराइरहेको बताए।
'मलाई कहिलेकाहीँ एकल अभिभावक भएकाले डर लाग्छ। मेरा बच्चा ठूला भएपछि उनीहरूले मलाई थुप्रै प्रश्न गर्छन्। एकल अभिभावकलाई लिएर म के जवाफ दिनू। मलाई थाहा छ कि मैले हरेक कुराको जवाफ उनीहरूलाई दिनुपर्छ,' उनले भनेका छन्।
सन् २०१७ मा सेरोगेसीमार्फत करण जोहर दुई बच्चाका बुवा बनेका थिए। त्यतिबेला देखि उनी एकल अभिभावकको रूपमा छोराछोरी हुर्काइरहेका छन्।
यतिबेला करण जोहर निर्मित फिल्म 'जिगरा' हलमा प्रदर्शन भइरहेको छ। तर फिल्मले खासै राम्रो कमाइ गर्न सकेको छैन।