गत शुक्रबारदेखि बलिउड फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया ३' प्रदर्शन भइरहेका छन्।
दुवै फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार तीन दिनमा 'सिंघम अगेन' ले १२१ करोड भारू कमाएको छ भने 'भूल भुलैया ३' ले १०६ करोड भारू कमाएको छ।
४३ करोड ७० लाख भारूमा ओपनिङ गरेको फिल्म 'सिंघम अगेन' ले दोस्रो दिन ४४ करोड ५० लाख र तेस्रो दिन ३५ करोड भारू कमाएको हो।
३६ करोड ६० लाख भारूमा ओपनिङ गरेको फिल्म 'भूल भुलैया ३' ले शनिबार ३८ करोड ४० लाख र तेस्रो दिन ३३ करोड ५० लाख भारू कमाएको हो।
रोहित शेट्टी निर्देशित फिल्म 'सिंघम अगेन' मा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूर, टाइगर श्राफलगायत कलाकारको अभिनय छ।
अनीस बज्मी निर्देशित फिल्म 'भूल भुलैया ३' मा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।