सन् २०१२ मा रिलिज भएको फिल्म 'सन अफ सरदार' लाई दर्शकले रूचाएका थिए।
१२ वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ। फिल्मको सिक्वेल बन्ने खबर आएसँगै अजय देवगन र सञ्जय दत्तको टक्कर हेर्न दर्शक उत्सुक भएका थिए। तर हालै फिल्मबाट सञ्जय दत्त नहुने खबर बाहिरिएको छ।
उनको ठाउँमा भोजपुरी अभिनेता हुने बताएको छ। भारतीय सञ्चारमाध्यम मिड डेका अनुसार सञ्जय दत्तको ठाउँमा रवि किशन देखिने भएका छन्।
यस्तै 'सन अफ सरदार' मा सोनाक्षी सिन्हा थिइन् भने यसको दोस्रो पार्टमा मृणाल ठाकुर देखिँदैछिन्। यसको सिक्वेलमा ११ जना अभिनेता हुने चर्चा छ।