सन् १९९२ मा रिलिज भएको एक्सन रोमान्टिक फिल्म 'बेखुदी' मा काजोल र कमल सदानाले मुख्य भूमिका निर्वाह गरेका थिए।
राहुल रवैल निर्देशित फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए। यो फिल्म रिलिज भएको ३२ वर्ष पुरा भइसक्यो। तर निकै कम व्यक्तिलाई थाहा छ कि काजोललाई यो फिल्म एक फोटो स्टुडियोमा अफर भएको थियो।
फिल्ममा काजोलले राधिका पात्रको भूमिका निर्वाह गरेकी थिइन्। त्यतिबेला उनी १८ वर्षकी थिइन्। उनले भारतीय सञ्चारमाध्यम मिड डेसँग कुराकानीमा उक्त कुरा खुलाएकी हुन्। उनलाई फोटोग्राफर गौतम राजाध्यक्षको स्टुडियोमा फिल्म अफर भएको थियो।
यो फिल्म उनलाई सुखद सावित भएको थियो। यसपछि काजोलले 'बाजीगर', 'उधारकी जिन्दगी', 'करण अर्जुन' जस्ता फिल्ममा काम गरेकी थिइन्। यी फिल्मबाट उनले आफ्नो पहिचान बनाएकी थिइन्।