बलिउड फिल्म निर्माता तथा निर्देशक महेश भट्टले हालै आफ्नी छोरी आलिया भट्टको फिल्मबारे प्रतिक्रिया दिएका छन्।
उनले आलिया 'स्टुडेन्ट अफ द इयर' डमी मात्र भएको बताएका हुन्।
'म उडता पञ्जाब हेरेर पुरै टुटेको थिएँ। मैले जुहूकी केटी हाम्रो घरमा कसरी आइन् भनेर बुझ्न सकिनँ। हामी सामान्य परिवारको तरिकाबाट बस्छौं। यस जुहूकी केटीले छत्तीसगढकी एक आदिवासीको उच्चारण कसरी सिकिन्। यो आश्चर्यजनक कुरा थियो। म चकित परेको थिएँ। हाइवे र उडता पञ्जाब त्यो केटी भन्दा फरक थियो जुन स्टुडेन्ट अफ द इयरमा थियो। स्टुडेन्ट अफ द इयरमा आलिया डमी मात्रै थिइन्,' उनले भने।
आलिया र उनका बुवा महेश भट्टले एक फिल्ममा सँगै काम गरेका छन्। फिल्म हो 'सडक २'। यो कोरोना महामारीको समयमा प्रदर्शन भएको थियो। फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो। यस फिल्मपछि महेश भट्टले कहिले फिल्म निर्देशन नगर्ने घोषणा गरेका थिए।