बलिउड अभिनेता अक्षय कुमारले पैसालाई लिएर आफ्नो साथ भएको धोकाधडीको खुलासा गरेका छन्।
उनले आफ्नो फिल्मी करियरमा केही निर्माताबाट वित्तीय धोकाधडीको शिकार भएको बताएका हुन्। साथै उनले यस्तो परिस्थितिलाई कसरी सम्हाल्ने भनेर पनि बताएका छन्।
'एक दुई निर्मातालाई पेमेन्ट गर्न आउँदैन। उनीहरूलाई धोका दिन मात्रै आउँछ। उनीहरूले अहिलेसम्म मलाई पैसा दिएका छैनन्। त्यसपछि म उनीहरूसँग कुरा नै गर्दिनँ, चुप लाग्छु र साइडबाट निकल्न छु,' उनले भने।
यतिबेला अक्षय कुमार अभिनीत फिल्म 'सरफिरा' प्रदर्शन भइरहेको छ। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेको छैन।
यसअघि उनको फिल्म 'बडे मियाँ छोटे मियाँ' पनि फ्लप भएको थियो। लगातार फिल्म फ्लप भएपछि उनले दुख व्यक्त गरेका छन्।
'हरेक फिल्ममा निकै मिहेन्त लाग्छ। कुनै फिल्म फ्लप भयो भने दिल दुख्छ। तर सकारात्मक हुन सिक्नुपर्छ। हरेक असफलताले तपाईलाई सफलताको मूल्य सिकाउँछ। यसको लागि भोक अझै बढ्छ,' उनले भने।