बलिउड अभिनेत्री सोनम कपूर विवाहपछि फिल्मबाट टाढिएकी छन्। तर उनी कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन्।
'कफि विथ करण' सिजन ७ बाट उनको केही भिडिओ भाइरल भइरहेको छ। सोनम आफ्नो कुरा राख्न हिच्किचाउँदिनन्। हालै उनले फिल्ममा कमब्याक गर्ने बताएकी छन्।
उनले एक अन्तर्वार्ता दिदै भनिन्, 'म फेरि अभिनय सुरू गर्दैछु। चाहे मान्छे मलाई चाहुन् या नचाहुन्। मलाई अहिले २० वर्षिया युवतीको भूमिका अफर भइरहेको छ। म अहिले जाहन्वी कपूर र खुशी कपूर जस्तो जवान देखिनँ। तर मलाई खुसी लाग्छ कि उनीहरूलाई अहिले पनि त्यस्तो लाग्छ।'
सन् २०२२ मा सोनमले छोरालाई जन्म दिएकी थिइन्। उनले छोराको नाम वायु राखेकी छन्।