बलिउड कलाकारहरू फिल्म क्षेत्रमा फरक पहिचान बनाउन आफ्नो नाम परिवर्तन गर्छन्। कतिपय अवस्थामा निर्माता तथा निर्देशकले नै पनि यसलाई श्रेय दिन्छन्।
आज हामी अमिताभ बच्चनदेखि सैफ अली खानसम्म को-कसले नाम परिवर्तन गरेर भनेर चर्चा गर्नेछौं-
अमिताभ बच्चन
अमिताभ बच्चनका आमाबाबुले उनको नाम इन्किलाब श्रीवास्त राख्न लागेका थिए। यद्यपि कवि सुमित्रानन्दन पन्तले प्रस्ताव गरेपछि उनीहरूले उनको नाम अमिताभ राखेका थिए।
रजनीकान्त
रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो। उनलाई तमिल फिल्म निर्देशक के बालचन्द्रले अभिनेता शिवजी गणेशनसँग नाम नजुध्योस् भने रजनीकान्त नाम दिएका हुन्।
सलमान खान
सलमान खानको वास्तविक नाम अब्दुल रशिद सलिम सलमान खान हो। उनलाई यो नाम उनका हजुरबुबाले राखिदिएका थिए। सलिम सलमानको बुबाको नाम हो भने अब्दुल रशिद उनका हजुरबुवाको नाम हो।
सैफ अली खान
सैफ अली खानको जन्म हुँदा नाम सजिद अली खान थियो। पछि उनको नाम सैफ अली खान राखिएको हो।
रेखा
रेखाको पुरा नाम भानुरेखा गणेशन हो। फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनले रेखा मात्रै नाम प्रयोग गरेकी हुन्।
ऋतिक रोशन
ऋतिक रोशनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो। उनको हजुरबुबा रोशन लाल नागरथ एक चर्चित अभिनेता तथा निर्देशक हुन्। ऋतिकका बुबा राकेशले जस्तै ऋतिकले पनि आफ्नो हजुरबुबाको नाम थरका रूपमा लिएका हुन्।
कियारा अडवानी
अभिनेत्री कियारा अडवानीको वास्तविक नाम आलिया अडवानी हो। उनले बलिउडमा डेब्यू गर्दा अभिनेत्री आलिया भट्ट चर्चित थिइन्। त्यसैले उनले नाम परिवर्तन गरेकी हुन्।
कार्तिक आर्यन
कार्तिक आर्यनको वास्तविक नाम कार्तिक तिवारी हो।
आयुष्मान खुराना
आयुष्मान खुरानाको वास्तविक नाम निशान्त खुराना हो। उनका बुबाआमाले उनी ३ वर्षको हुँदा नाम परिवर्तन गरेर आयुष्मान खुराना राखेका हुन्।
राजकुमार राव
राजकुमार राव वास्तविक नाम राज कुमार यादव हो। उनले आफ्नो यादव थरको सट्टा राव राखेका हुन्।
अक्षय कुमार
अक्षय कुमारले राजिव हरि ओम भटिया नामबाट फिल्ममा डेब्यू गरेका थिए। पछि उनले आफ्नो नाम अक्षय कुमार राखेका हुन्।
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीको वास्तविक नाम अश्वीनी शेट्टी हो। उनले आफू मोडलिङ क्षेत्रमा लागेपछि नाम परिवर्तन गरेकी हुन्।
जोन अब्राहम
जोन अब्राहमको वास्तविक नाम फरहान अब्राहम हो।
कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफको नाम कट्रिना टुर्कोटे हो। जुन उनको आमाको थर हो। उनले बलिउडमा डेब्यू गर्नूअघि बुबाको नाम मोहम्मद कैफ लिएकी थिइन्।
रणवीर सिंह
रणवीर सिंहको पूरा नाम रणवीर सिंह भवनानी हो। उनले फिल्म क्षेत्रमा डेब्यू गरेपछि आफ्नो थर हटाएका थिए।
अजय देवगन
अजय देवगनको नाम विशाल थियो। उनले फिल्म क्षेत्रमा डेब्यू गरेपछि अजय नाम राखेका हुन्।
शाहिद कपूर
शाहिद कपूरको वास्तविक नाम शाहिद खट्टर हो।
धर्मेन्द्र
धर्मेन्द्रको पुरा नाम धरम सिंह देओल हो। उनले आफ्नो नाम मात्र परिवर्तन नगरेर थर पनि त्यागेका थिए।
ज्याकी श्राफ
ज्याकी श्राफको वास्तविक नाम जयकिशेन काकु भाइ हो। उनको हङकङका एक साथीले नाम लामो भएको भन्दै ज्याकी राखिदिएका थिए।
टाइगर श्राफ
टाइगर श्राफको नाम हेमन्त श्राफ राखिएको थियो। स्कुल पढ्दा उनले टाइगर उपनाम राखेका थिए। फिल्म क्षेत्रमा आएपछि उनले आफ्नो नाम नै टागर राखेका हुन्।
प्रभास
दक्षिण भारतीय अभिनेता प्रभासको पुरा नाम वेंकट सत्यनारायण प्रभास राजु उप्पलापति हो। आफ्नो नाम लामो भएपछि उनले प्रभास मात्रै प्रयोग गरेका हुन्।
अनुष्का शेट्टी
अनुष्का शेट्टीको वास्तविक नाम स्वीटी शेट्टी हो।
तब्बु
तब्बुको वास्तविक नाम तबस्सुम हाश्मी खान हो।
(भारतीय सञ्चारमाध्यम सियासतको सहयोगबाट)