पाकिस्तानी गायक राहत फतेह अली खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गर्दै आफू गिरफ्तार भएको खबर झुटो रहेको बताएका हुन्।
'सबै कुरा ठीक छ। म तपाईंहरूलाई अनुरोध गर्छु कि यस्ता खबरलाई ध्यान नदिनुस्। यस्तो केही होइन, म पक्राउ परेको छैन,' उनले भनेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी दुबईमा गीत रेकर्ड गर्न गएका हुन्। उनीमाथि उनका पूर्व म्यानेजर सलमान अहमदले मानहानीको केस लगाएपछि पक्राउ गरिएको बताइएको थियो।