अभिनेत्री इलियाना डिक्रूजले बलिउड फिल्म छाडेकी छन्।
उनी यतिबेला आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिइरहेकी छन्। विशेषगरी उनी आफ्नो छोरा कोआ फिनिक्स डोलनसँग समय बिताइरहेकी छन्।
भारतीय सञ्चारमाध्य नवभारत टाइम्सका अनुसार उनले आफ्नो छोरालाई राम्रो पालनपोषण गर्न बलिउडबाट ब्रेक लिएकी हुन्। उनले इन्स्टाग्राममा आस्क मी एनिथिङ सेसनमा उक्त कुराको खुलासा गरेकी हुन्।
यस सेसनमा एक फ्यानले उनलाई फिल्ममा कहिले फर्किनुहुन्छ भनेर सोधेका थिए। जबाफमा उनले भनिन्, 'जब सही समय आउँछ तब तपाईंहरू मलाई फिल्ममा हेर्न पाउनु हुनेछ। यतिबेला म आफ्नो छोरालाई समय दिन चाहन्छु।'
इलियानाले केही समयअघि माइकल डोलनसँग विवाह गरेकी थिइन्।
इलियाना पछिल्लो समय फिल्म 'दो और दो प्यार' मा देखिएकी थिइन्। फिल्ममा उनीसँगै विद्या बालन, प्रतिक गान्धी र सेन्धिल रामामुर्थीको अभिनय छ।