दक्षिण भारतीय फिल्मले विश्वव्यापी रूपमा राम्रो व्यापार गरिरहेकाे छ। पछिल्लो समय बलिउडदेखि लिएर नेपालमा पनि दक्षिण भारतीय फिल्मकै दबदबा देखिन्छ।
दक्षिण भारतीय फिल्मसँगै कलाकारहरूको पनि उतिकै चर्चा छ। पछिल्लो समय दक्षिण भारतीय अभिनेत्रीहरूले पनि महँगो पारिश्रमिक लिन थालेका छन्।
महँगो पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्रीहरू:
नयनतारा
नयनतारा दक्षिण भारतकी लेडी सुपरस्टारको रूपमा परिचित छिन्। उनी एक फिल्मको लागि निकै महँगो पारिश्रमिक लिन्छिन्। भारतीय मिडियाको रिपोर्टअनुसार उनले आगामी फिल्मको लागि १० करोड भारू लिने भएकी छन्।
रश्मिका मन्दना
रश्मिका मन्दनालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ करोड भारू लिन्छिन्।
पूजा हेगडे
महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पूजा हेगडे पनि पर्छिन्। उनी एक फिल्मबाट ३ देखि ४ करोड भारू लिन्छिन्।
रकुल प्रीत सिंह
रकुल प्रीत सिंह बलिउडसँगै टलिउडमा पनि चर्चित छिन्। उनले अजय देवगनको फिल्म 'रनवे ३४' बाट ३ करोड ५० लाख भारू लिएकी थिइन्।
सामन्था रूथ प्रभु
सामन्था एक फिल्मबाट ३ देखि ५ करोड रूपैयाँ पारिश्रमिक लिन्छिन्। उनले 'पुष्पा' को एउटा आइटम गीतको लागि ५ करोड भारू लिएको चर्चा छ।
(बलिउड लाइफको सहयोगमा तयार पारिएको)