बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'चन्दु च्याम्पियन' प्रदर्शनमा आइसकेको छ।
आज शुक्रबारदेखि फिल्म प्रदर्शनमा आएको हो। फिल्ममा कार्तिक भारतका पहिलो पैरालंपिक गोल्ड मेडलिस्ट मुरलीकान्त पेटकरको भूमिकामा देखिएका छन्। यस फिल्मका लागि उनले निकै मिहेनत गरेका थिए।
उनले फिल्मका लागि महँगो पारिश्रमिक पनि लिएका छन्। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार यस फिल्मका लागि उनले २५ करोड भारू लिएका छन्।
कबिर खान निर्देशित फिल्ममा कार्तिकसँगै श्रद्धा कपूर, पलक लल्वानी, कट्रीना कैफ, भुवन अरोरा, अदोनिस कप्सलिस, विजय राज, राजपाल यादव, सोनिया गोस्वामीलगायत कलाकारको अभिनय छ।