अमेरिकी गायक केविन जोनासलाई क्यान्सर भएको छ। केविन गायक तथा अभिनेता निक जोनासका दाजु तथा अभिनेत्री प्रियंका चोपडाका जेठाजु हुन्।
उनलाई छालाको क्यान्सर भएर अस्पताल भर्ना भएका थिए।
केविन, फ्र्यांकी र निक 'जोनास ब्रदर्स' नामले गायनको दुनियाँमा चिनिन्छन्।
निकले नै केविनलाई क्यान्सर भएको जानकारी दिएका हुन्। उनका अनुसार केविनको अहिले शल्यक्रिया भइसकेको छ।
केविनको निधारमा सानो कोठी आएपछि जँचाउन जाँदा क्यान्सर भएको पत्ता लागेको उनले बताएका छन्।
केविनले पनि शल्यक्रियाभन्दा अगाडि इन्स्टाग्राम एक भिडिओ राखेका छन् जसमा उनी अस्पतालमा देखिन्छन्।
उनले भनेका छन्, 'आज म मेरो अनुहारबाट कोठी निकाल्दै छु। खासमा यो छालाको क्यान्सर हो जुन बढ्न थालेको छ। अब यसलाई फाल्न मैले शल्यक्रिया गर्नुपर्नेछ।'
यही भिडिओको तलपट्टि पछि उनले अर्को भिडिओ राखेका छन् जसमा उनले आफ्नो शल्यक्रिया भइसकेको जानकारी दिएका छन्। शल्यक्रिया सकेर आफू घर फर्केको जानकारी पनि उनले आफ्ना प्रशंसकहरूलाई दिएका छन्।
जोनास भाइमध्येका सबभन्दा जेठा केविन ३६ वर्षका भए। सन् २००९ मा उनले डेनियनसँग बिहे गरेका थिए। उनीहरूका दुई छोरी छन्।