बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला चर्चामा छिन्।
उनले प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेको खबर बाहिरिएसँगै उनको चर्चा चुलिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरू २३ जुनमा विवाह गर्दैछन्।
विवाहको खबरबारे सोनाक्षी भन्छिन्, 'सबभन्दा पहिला कुरा यो अरूको काम होइन। दोस्रो मेरो मर्जीको कुरा हो। त्यसैले मलाई थाहा छैन मेरो विवाहको बारेमा मान्छेहरू किन यति धेरै चिन्तित छन्। अब मलाई यस्ता प्रश्नको बानी परिसक्यो। त्यही भएर यस्तो कुराको वास्ता लाग्दैन। मान्छेहरू निकै उत्साहित छन्। तर हामी के गर्न सक्छौं?'
सोनाक्षीका बुबा शक्रघ्न सिन्हाले पनि उनको विवाहबारे प्रतिक्रिया दिएका थिए। उनले सोनाक्षीको विवाहबारे थाहा नभएको बताएका थिए।
सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म 'नोटबुक' बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म 'डबल एक्सएल' मा एकसाथ काम गरेका थिए।