बलिउड अभिनेता जीवन कुमार ७०/८० को दशकमा भिलेनको भूमिका निर्वाह गर्थे।
उनी हिन्दी फिल्मका चर्चित भिलेनको रूपमा परिचित थिए। उनले 'अफसाना, स्टेशन मास्टर, अमर अकबर एन्थोनी' जस्ता फिल्ममा काम गरेका थिए।
एक अन्तर्वार्तामा जीवनका छोरा किरण कुमारले उनका बुबाले ६१ फिल्ममा नारद मुनिको भूमिका निर्वाह गरेको बताए।
जीवनले फरक-फरक भाषाको फिल्ममा नारद मुनिको भूमिका निर्वाह गरेका थिए। उनको नाम लिम्बा बुक अफ रेकर्डसमा समेत दर्ता छ।
उनले सन् १९३५ मा रिलिज भएको फिल्म 'रोमान्टिक इन्डिया' बाट चर्चा पाएका थिए। यसपछि उनले एक पछि अर्काे चर्चित फिल्ममा काम गरे।
भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार जीवनले आफ्नो ४९ वर्षको फिल्मी करियरमा ३०० बढी फिल्ममा काम गरेका थिए।