बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको प्रेमी जहीर इकबाल चर्चामा छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरू २३ जुनमा विवाह गर्दैछन्। तर उनीहरूले आफ्नो विवाहको बारेमा जानकारी दिएका छैनन्।
सोनाक्षीका बुबा शत्रुघ्न सिन्हाले आफ्नी छोरीको विवाहको बारेमा कुराकानी गरेका छन्। 'म अहिले दिल्लीमा छु। तपाईहरू सोनाक्षी कहिले विवाह गर्दैछिन् भनेर सोध्न चाहनुहुन्छ भने मसँग यसको जबाफ छैन। मैले पनि सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ। जब उनीहरू हामीसँग विवाहको बारेमा कुरा गर्छन् हामी आशीर्वाद दिनेछौं। हामी उनीहरूले दुनियाँभरको खुसी पाउन् भन्ने चाहन्छौं,' उनले भने।
उनले थप्दै भने, 'मलाई र मेरो श्रीमतीलाई आफ्नी छोरीको निर्णयमा पुरा भरोसा छ। उनी जे गर्छिन् सही गर्छिन्। उनी यति ठूली भइसकिन् कि उनी आफ्नो निर्णय आफैं लिन सक्छिन्। उनको लागि के राम्रो हो के नराम्रो बुझिछिन्। जब उनको विवाह हुनेछ म उनको जन्तीको अघि नाच्छु।'
सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म 'नोटबुक' बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म 'डबल एक्सएल' मा एकसाथ काम गरेका थिए।