बलिउड अभिनेता वरूण धवनले नयाँ अपार्टमेन्ट लिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनले जुहूस्थित एक अपार्टमेन्ट भाडामा लिएका हुन्। जहाँ उनी आफ्नी श्रीमती नताशा दलाल र छोरीसँग बस्ने तयारीमा छन्।
यस अपार्टमेन्टमा अभिनेता ऋतिक रोशन, निर्माता साजिद नाडियाडवाला र अभिनेता अक्षय कुमार बस्छन्।
वरूण अहिलेसम्म आफ्नी श्रीमतीसँग जुहूस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए। जसलाई उनले सन् २०१७ मा किनेका थिए।
वरूण आगामी फिल्म 'बेबी जोन' मा देखिनेछन्। यस फिल्ममा कीर्ति सुरेश, वामिका गब्बी, सान्या मल्होत्रा, ज्याकी श्राफलगायत कलाकारको अभिनय रहने छ। फिल्मलाई 'जवान' निर्देशक एटलीले निर्देशन गर्नेछन्।
यो बाहेक उनी वेब सिरिज 'सिटाडेलः हनी बनी' मा पनि देखिनेछन्।