बलिउड अभिनेता अक्षय कुमार र अरशद वारसीको अभिनय रहने फिल्म 'जली एलएलबी ३' घोषणा गरेसँगै चर्चामा छ।
यस फिल्मको पहिलो र दोस्रो पार्टले राम्रो प्रतिक्रिया पाएको थियो। हाल फिल्म 'जली एलएलबी ३' को छायांकन भइरहेको छ। यसैक्रममा फिल्म सेटबाट नयाँ खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार यस फिल्ममा अमृता रावको अभिनय रहनेछ। सन् २०१३ मा रिलिज भएको फिल्म 'जली एलएलबी' मा अरशद र अमृताले एकसाथ काम गरेका थिए।
उक्त फिल्ममा अमृताले अरशदकी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन्। 'जली एलएलबी ३' मा पनि उनी अरशदकी श्रीमतीको भूमिकामा देखिनेछिन्।
अमृतालाई लिएर यतिबेला राजस्थानमा फिल्मको छायांकन भइरहेको छ।