बलिउड अभिनेता आदित्य राय कपूर र अभिनेत्री अनन्या पाण्डेको ब्रेकअपको चर्चा चलिरहेको छ।
भारतीय सञ्चारमाध्यम बम्बे टाइम्सका अनुसार उनीहरूको मार्चमै ब्रेकअप भएको हो। यसैबीच अभिनेता आदित्यले एक अन्तर्वार्ता दिएका छन्। जसमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुराकानी गरेका छन्।
'म आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दिनँ। म सधैं यस विषयमा चुप बसेको छु। मलाई कहिले पनि अरूसँग आफ्नो सबै विवरण सेयर गर्ने इच्छा हुँदैन। म सबै कुरा आफूमा सीमित राख्न रूचाउँछु,' उनले भने।
आदित्य र अनन्या २ वर्षदेखि प्रेम सम्बन्धमा थिए। यतिबेला अनन्या आफ्ना साथीहरूसँग समय बिताइरहेकी छन्। त्यस्तै उनी आफ्नो करियरमा अघि बढ्ने प्रयास गरिरहेकी छन्।
आदित्य फिल्म 'मेट्रो इन दिनों' मा देखिनेछन्। अनुराग बासुले निर्देशन गरेको फिल्ममा अभिनेत्री सारा अली खानको पनि अभिनय छ। यो फिल्म नोभेम्बरमा रिलिज हुनेछ।