यसैवर्ष दक्षिण भारतीय अभिनेता थलापति विजयले आफ्नो नयाँ पार्टी खोलेका थिए। पार्टी खोलेसँगै उनले अभिनय छाड्ने समेत बताएका थिए।
यसअघि उनी दुई फिल्ममा देखिँदैछन्। 'द ग्रेटेस्ट अफ अल टाइम' प्रदर्शनको तयारीमा छ भने अर्काे फिल्मको नाम राखिएको छैन। हाल विजयको अन्तिम फिल्मको लागि निर्माता पनि भेटिएको छैन।
भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार यस फिल्मलाई 'आरआरआर' निर्देशक डिविवी दनय्याले निर्माण गर्ने बताएका थिए। तर उनले फिल्म छाडेका छन्। यसको कारण विजयले महँगो पारिश्रमिक मागेको बताइएको छ।
पहिला उनले यस फिल्मका लागि २०० करोड भारू लिने बताइएको थियो। अब उनी यस फिल्मको लागि २५० करोड भारू माग गर्दैछन्। साथै उनले विनोतलाई निर्देशकको रूपमा लिन बताएका छन्।
विजय २०२६ मा हुने विधानसभामा चुनाव लड्ने तयारीमा छन्। उनले आफ्नो पार्टीको नाम 'तमिझगा भेत्री कडगम' राखेका छन्।