'द शेमलेस' की अभिनेत्री अनसुया सेनगुप्ताले सन् २०२४ को कान फिल्म फेस्टिभलमा 'अन सर्टेन रिगार्ड' श्रेणीमा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेर इतिहास रचेकी छन्।
उनले बुल्गारियाको निर्देशक कन्स्टान्टिन बोजानोवको हिन्दी भाषी फिल्ममा अभिनय गरेर उक्त इतिहास रचेकी हुन्। कोलकातामा बस्ने सेनगुप्ता यस श्रेणीमा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जित्ने पहिलो भारतीय अभिनेत्री हुन्। यो भारतकै लागि ठूलो उपलब्धि मानिएको छ।
शुक्रबार राति उनले पुरस्कार लिदै उनले भनिन्, 'समानताको लागि लड्न तपाईलाई समलैंगिक हुन आवश्यकता छैन। हामी सभ्य मान्छे हुन आवश्यक छ।'
'द शेमलेस' १७ मेमा प्रदर्शन गरिएको थियो। फिल्ममा सेनगुप्ता रेणकाको भूमिकामा देखिएकी छन्।
'अन सर्टेन रिगार्ड' श्रेणीको उद्देश्य फिल्मलाई नयाँ बाटो र नयाँ देशमा उजागर गर्नु हो। यस श्रेणीको शीर्ष पुरस्कार चीनी फिल्म निर्माता गोउ झेनको फिल्म 'ब्ल्याक डग' ले पाएको थियो।