बलिउड अभिनेता अजय देवगनको यसवर्ष दुई फिल्म प्रदर्शन भइसक्यो। उनी अभिनीत फिल्म 'शैतान' र 'मैदान' प्रदर्शनमा आएको हो।
'शैतान' ले बक्स अफिसमा राम्रो कमाइ गर्याे भने 'मैदान' फ्लप भयो। अब उनको तीन फिल्म प्रदर्शनको तयारीमा छ– 'औरों में कहाँ दम था, रेड २ र सिंघम अगेन'।
यी फिल्मपछि उनी 'सन अफ सरदार २' को छायांकनमा व्यस्त हुनेछन्। यो फिल्मको पहिलो पार्ट २०१२ मा आएको थियो। फिल्ममा अजयसँगै सोनाक्षी सिन्हा, सञ्जय दत्त, जुही चावलालगायत कलाकारको अभिनय थियो।
'सन अफ सरदार' मा सोनाक्षी सिन्हाले जियाको भूमिका निवार्ह गरेकी थिइन्। तर यसको दोस्रो पार्टमा सोनाक्षी नहुने बताइएको छ। भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार सोनाक्षीको ठाउँमा मृणाल ठाकुर देखिने भएकी छन्।
यो फिल्म २०२५ मा रिलिज हुने बताइएको छ।