बलिउड अभिनेता अर्जुन कपूर पछिल्लो केही वर्षदेखि आफ्नो एक हिट फिल्मको पर्खाइमा छन्।
सन् २०१८ मा अर्जुन कपूरको एक फिल्म रिलिज भएको थियो। जुन फ्लप भएपछि उनको करियरमा धक्का लाग्यो। त्यतिबेलादेखि उनको एक फिल्म पनि हिट भएको छैन।
त्यो फिल्म हो– नमस्ते इंग्ल्याण्ड। सन् २०१८ मा रिलिज भएकोे फिल्ममा अर्जुन कपूर र परिणीति चोपडा देखिएका थिए। तर फिल्म बक्स अफिसमा फ्लप भयो।
यो फिल्म सन् २००७ मा रिलिज भएको फिल्म 'नमस्ते लण्डन' को सिक्वेल थियो। अक्षय कुमार र कट्रिना कैफ अभिनीत फिल्म बक्स अफिसमा हिट सावित भएको थियो। फिल्मलाई समीक्षक र दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए।
अर्जुन कपूर र परिणीति चोपडाले सन् २०१२ मा रिलिज भएको फिल्म 'इशकजादे' बाट आफ्नो करियर सुरू गरेका थिए। 'नमस्ते लण्डन' मा उनीहरूले दोस्रो पटक सहकार्य गरेका थिए।
भारतीय सञ्चारमाध्यम हिन्दी न्युज १८ का अनुसार करिब ५० करोड भारूमा 'नमस्ते इंग्ल्याण्ड' बनेको थियो। तर फिल्मले विश्वभरबाट १४ करोड भारू मात्र कमाएको थियो।
'नमस्ते इंग्याण्ड' पछि अर्जुन कपूरको करियर डगमगाएको हो। यो फिल्मपछि उनले 'पानीपत, इन्डियाज मोस्ट वान्टेड, सन्दिप और पिंकी फरार, एक भिलेन रिटर्न्स, 'कुत्ते', र 'द लेडी किलर' जस्ता फिल्ममा अभिनय गरेका छन्। जुन बक्स अफिसमा फ्लप या डिजास्टर सावित भएका छन्।