बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्नाले सन् २००१ मा विवाह गरेका थिए। उनीहरूको एक छोरा आरव र एक छोरी नितारा छन्।
अक्षयले शिखर धवनको जिया सिनेमा च्याट शोमा छोरा आरवको फिल्म डेब्यूबारे कुराकानी गरेका छन्। उनले छोराको फिल्ममा डेब्यू गर्ने कुनै योजना नभएको बताए।
'मैले पहिला छोरालाई फिल्ममा डेब्यूबारे सोधेको थिएँ। तर उनले आफूलाई फिल्म नभई फेसनसम्बन्धि रूचि भएको बताए। उसको जिन्दगी हो, जे गर्न चाहन्छन्। हामी त्यसमा खुश हुन्छौं,' अक्षयले भने।
आरव एक्लै बस्न रूचाउँछन्। उनी १५ वर्षको उमेरमै लण्डन गएका थिए।
बलिउडमा यतिबेला थुप्रै स्टारकिड्स डेब्यू गरिरहेका छन्। जसमा शाहरूख खानकी छोरी सुहानी खान, श्रीदेवीकी खुशी कपूरको नाम सामेल छ।