फिल्म क्षेत्रबाट राम्रो कमाइ हुन्छ। राम्रो विषयवस्तुलाई प्राथमिकता दिने निर्माताले बक्स अफिसमा राम्रो पैसा कमाउँछन्।
पछिल्लो समय कमाइमा निर्देशकहरू पनि पछि छैनन्। उनीहरू एक फिल्मकै महँगो पारिश्रमिक लिन थालेका छन्। आज हामी भारतका पाँच सबैभन्दा धनी निर्देशकका चर्चा गछौं–
करण जोहर
'कुछ कुछु होता है, कभी खुशी कभी गम, माइ नेम इज खान, स्टुडेन्ट अफ द इयर' जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका करण जोहरलाई केही कमी छैन। उनी भारतका पहिलो धनी व्यक्तिको सूचीमा सामेल छन्। उनको कुल सम्पत्ति १७०० करोड भारू छ।
राजकुमार हिरानी
राजकुमार हिरानी भारतका सफल निर्देशक हुन्। उनले अहिलेसम्म आफ्नो करियरमा ६ वटा फिल्म बनाएका छन्। उनका सबै फिल्म हिट छन्। उनीसँग १३०० करोड भारू सम्पत्ति छ।
सञ्जयलीला भन्साली
'देवदास', 'बाजीराव मस्तानी', 'गंगुबाई काठियावाडी' जस्ता फिल्म निर्देशन गरेका निर्देशक सञ्जयलीला भन्सालीको कुल सम्पत्ति ९४० करोड भारू छ।
अनुराग कश्यप
धनी निर्देशकको सूचीमा अनुराग कश्यप चाैथो नम्बरमा छन्। उनीसँग ८५० करोड भारू सम्पत्ति छ।
मेघना गुलजार
'साम बहादुर, राजी' जस्ता फिल्म निर्देशन गरिसकेकी निर्देशक मेघना गुलजार धनी निर्देशकको सूचीको पाँचौं नम्बरमा छिन्। उनीसँग ८३० करोड भारू सम्पत्ति छ।
(यो भारतीय सञ्चारमाध्यम टिभी ९ को सहयोगमा तयार पारिएको हो)