बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान तेस्रो फिल्मको तयारीमा छन्।
यसअघि उनले फिल्म 'महाराज' र एक अनटाइटल फिल्ममा काम गरिसकेका छन्। नयाँ फिल्ममा उनी श्रीदेवीकी छोरी खुशी कपूरसँग काम गर्दैछन्। दुई स्टार किड्स एकसाथ देखिने खबर बाहिरिएसँगै फिल्मलाई लिएर दर्शक उत्साहित छन्।
जुनैदले 'महाराज' बाट बलिउडमा डेब्यू गर्न लागेका हुन्। यस फिल्ममा उनीसँगै साई पल्लवीको अभिनय रहनेछ। जुनैदको पहिलो फिल्म यसैवर्ष रिलिज हुँदैछ। जुनैदले केही वर्ष थिएटरमा अभिनय गरेर फिल्ममा प्रवेश गरेका हुन्। थिएटरमा उनको अभिनयको तारिफ हुन्छ।
यो फिल्म १८६२ को महाराजा लिबेल केसबाट प्रेरित हुनेछ।
खुशीले जोया अख्तर निर्देशित फिल्म 'द आर्चिज' बाट अभिनयमा डेब्यू गरेकी हुन्। यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रदर्शन भएको थियो।