बलिउड अभिनेता आदित्य राय कपूर र अभिनेत्री अनन्या पाण्डेको ब्रेकअप भएको छ।
उक्त खबर उनीहरूका निकटको साथीले पुष्टी गरेका हुन्। आदित्य र अनन्या २ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
भारतीय सञ्चारमाध्यम बम्बे टाइम्सका अनुसार उनीहरूको मार्चमै ब्रेकअप भएको हो। करिब एक महिनाअघि अनन्याले सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्। जसले उनको ब्रेकअप भएको अफवाहलाई पुष्टी गर्छ।
'यदि कोही तपाईको लागि हो भने फर्किएर आउने छन्। ऊबाट टाढिएर पनि टाढा बस्न सक्नुहुन्न। मान्नु हुन्छ नि यति सुन्दर चिज तपाईको कहिले हुन सक्दैन। तर पनि तपाईको नजिक आउनेछन्,' उनले लेखेकी थिइन्।
यतिबेला अनन्या आफ्ना साथीहरूसँग समय बिताइरहेकी छन्। त्यस्तै उनी आफ्नो करियरमा अघि बढ्ने प्रयास गरिरहेकी छन्।
केही समयअघि अनन्या 'कफी उथ करण ७' मा गएकी थिइन्। त्यहाँ करणले आदित्यसँगको प्रेम सम्बन्धबारे चर्चा गरेका थिए।