फिल्मी दुनियाँमा स्टार बन्न बक्स अफिस कलेक्सनले मात्रै निर्भर हुँदैन, फ्यान फ्लोइङले पनि महत्वपूर्ण भूमिका खेल्छ।
यही कारण लगातार फ्लप फिल्म दिने कलाकार पनि सुपरस्टारको गन्तीमा आउँछन्। आज हामी यस्तै एक सुपरस्टारको कुरा गर्छौं। जसले १८० फ्लप फिल्म दिएका छन्। जसको लगातार ३३ फिल्म फ्लप भएको छ।
उनी हुन् ८०/९० दशकका सुपरस्टार मिथुन चक्रवर्ती। उनले ४० वर्षको फिल्मी करियरमा १८० फ्लप फिल्म दिएका छन्। उनले हालसम्म करिब ३०० फिल्ममा काम गरेका छन्। मुख्य भूमिकामा उनको पछिल्लो हिट फिल्म 'चन्डाल' हो। यो फिल्म सन् १९९८ मा रिलिज भएको थियो।
यसपछि उनी 'गुरु' र 'गोलमाल ३' जस्ता फिल्ममा सहायक भूमिकामा देखिए। जुन सफल भए। सन् १९९८ मा 'चुन्डाल' रिलिज भएपछि उनको लगातार ३३ फिल्म फ्लप भयो। जसमा 'हिटलर, यमराज, गंगाकी कसम, बिल्ला नम्बर ७८६, अग्निपुत्र, चालबाज, एलान र चिंगारी' जस्ता फिल्म सामेल छ। यी फिल्मले भारतीय बक्स अफिसमा ५ करोड भारूभन्दा कम कमाइ गरेका थिए।
बलिउडमा सबैभन्दा धेरै फ्लप फिल्म दिने मिथुन चक्रवर्ती हुन्। दोस्रो नम्बरमा बलिउड अभिनेता गोविन्दा छन्। उनले आफ्नो फिल्मी करियरमा ७६ फ्लप फिल्म दिएका छन्। त्यस्तै अभिनेता अक्षय कुमारको ६० फिल्म फ्लप भएका छन् भने अनिल कपूर, अमिताभ बच्चन, सनी देओल र सञ्जय दत्तको ५० भन्दाबढी फिल्म फ्लप भएका छन्।