बलिउडमा हिन्दी फिल्मको जति चर्चा बढेको छ, उति नै चर्चित कलाकारहरूको पारिश्रमिक बढिरहेको छ।
बलिउडमा ओटिटी भित्रिएपछि अधिकांश कलाकार वेबसिरिजमा आकर्षित भए।
ओटिटीमा वेबसिरिजको एक एपिसोडका लागि एक कलाकारले एउटा फिल्मको जत्तिकै पारिश्रमिक लिने गरेका छन्।
कोभिड-१९ पछि चम्किएको ओटिटीमा वेबसिरिजको वर्षात भइरहेको छ।
भारतीय सञ्चारमाध्यमहरूले यो वर्ष ओटिटीमा भारी पारिश्रमिक लिने कलाकारको सूची सार्वजनिक गरेका छन्।
यो वर्ष बलिउडका धेरै कलाकारले ओटिटीमा डेब्यू गरेका छन्। अभिनेत्री करिना कपूर, काजल लगायतको कलाकारहरू ओटिटी प्रवेश गरेका हुन्।
अभिनेता अजय देवगनले पनि डिज्नी प्लस हाटस्टारको वेबसिरिज ‘रूद्रः द एज अफ डार्कनेस’ बाट डेब्यू गरे।
यो वेबसिरिज ६ एपिसोडको छ। उनले यो सिरिजको एक एपिसोडका लागि १८ करोड भारू पारिश्रमिक लिएका छन्।
यस्तै ओटिटीमा चर्चित भएका अर्को अभिनेता मनोज बाजपेयी हुन्।
उनले ‘द फ्यामिली म्यान’ वेबसिरिजको दोस्रो सिजनका लागि एक भागको १० करोड भारू पारिश्रमिक लिएका छन्।