यतिबेला विश्वभर हिन्दी र अंग्रेजी फिल्म जत्तिकै दक्षिण भारतीय फिल्म पनि चर्चामा छ। नेपालमा झन् दक्षिण भारतीय फिल्मको दर्शक बढ्दोक्रम छन्।
दक्षिण भारतीय अभिनेता रजनीकान्तलाई नचिन्ने कम नै छन्। उनले अभिनय यात्रामा जति मेहेनत गरेका छन् उति नै सहयोगी भावनाको योगदान गरेका छन्।
रजनीकान्तले दक्षिण भारतीय अभिनेता राघव लारेन्सलाई सहयोग गरेर उनको जीवन परिवर्तन गरिदिएका थिए। अभिनयमा मात्र नभई राघव नृत्य निर्देशन र फिल्म निर्देशन पनि गर्छन्। बलिउडमा पनि उनले आफ्नो पहिचान बनाएका छन्।
उनलाई यहाँसम्म आइपुग्नको लागि सहज थिएन। घरको आर्थिक अवस्था कमजोर भएकोले राघवले धेरै समस्या भोगे। उनले अभिनय सुरू गर्नुअघि गाडी धुने काम गर्थे। बाल्यकालमा उनलाई ब्रेन ट्युमर भएको थियो। यतिका धेरै चुनौती आउँदा पनि उनले आफ्नो हिम्मत हारेनन्।
यही समयमा उनले कोरियोग्राफी सुरू गरे। यसपछि उनले तेलुगु फिल्ममा काम गरे। १९९३ मा उनले 'लक्ष्मी, डन नम्बर १, कंचना, कंचना २, कंचना ३' लगायतको फिल्म निर्देशन गरे।
राघवको जीवनयात्रामा यो सबै अवसर पाउनुको कारण अभिनेता रजनीकान्तको सहयोग थियो। उनले राघवको नृत्य देखेपछि नृत्य कक्षामा भर्ना गरिदिएका थिए। फिल्म क्षेत्रमा सफलतापछि राघवले अनाथहरूलाई आफ्ना बालबालिकाको रूपमा अपनाएका छन्।
राघव आफू फिल्म क्षेत्रमा हुनुको श्रेय रजनीकान्तलाई दिन्छन्।