बलिउडमा हिट फिल्म दिएपनि केही कलाकारहरूले अभिनय यात्रा छाडेका छन्। बलिउडमा प्रवेश गर्न सहज छैन। बलिउडमा केही त्यस्ता कलाकार छन्। जसले मेहेनत गरेर बलिउड भित्रिएपनि अभिनय यात्रा छोडिदिएका छन्। बलिउडमा अभिनय यात्रा छाड्नेमा अभिनेत्रीहरू बढी छन्।
१) अमृता राव
अभिनेत्री अमृता रावले बलिउडमा धेरै हिट हिन्दी फिल्ममा काम गरिसकेकी छन्। उनले सन् २००२ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्। उनले 'अब के बरास' फिल्मबाट डेब्यू गरेकी थिइन्। उनले लगभग २५ भन्दा धेरै फिल्ममा काम गरिसकेकी छन्। उनले अनमोल सुदसँग विवाह गरेकी हुन्। उनीहरू दुवैले मिलेर 'कप्पल अफ थिंगस' बुक प्रकाशित गरेका छन्। यही बुकको शीर्षकलाई उनीहरूले आफ्नो युट्टुब च्यानलको नाम राखेका छन्। उनले अन्तिमपटक सन् २०१९ मा 'ठाकरे' फिल्ममा मुख्य पात्र बनेर अभिनय गरेकी थिइन्। उनी अभिनीत फिल्म 'विवाह' अहिलेपनि चर्चामा छ।
२) मयुरी कंगो
छत्रपति महाराष्ट्रकी पूर्वी भारतीय अभिनेत्री मयुरी कंगोले पनि बलिउड दुनियाँ छाडेकी छन्। बलिउडको हिट फिल्ममा अभिनय गरिसकेकी उनले 'कस्मिर हमारा हे' फिल्ममा अभिनय गरेपछि फिल्म दुनियाँ छाडेकी छन्। उनी गुगल इन्डियामा भारतको उद्योग प्रमुख एजेन्सी व्यवसायको रूपमा कार्यरत पनि भएकी थिइन्। उनले १९९५ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्।
३) ट्विंकल खन्ना
अभिनेत्री ट्विंकल खन्नाले विवाहपछि अभिनय यात्रा छाडेकी हुन्। डिजाइनर समेत रहेकी उनले १९९५ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्। उनले पहिलोपटक 'बरसात' फिल्ममा अभिनय गरेकी थिइन्। अभिनेता अक्षय कुमारसँग विवाह गरेपछि उनले बलिउड छाडेकी हुन्। उनले अन्तिमपटक 'लभ के लिए कुछ भी करेगा' फिल्ममा काम गरेकी थिइन्।
४) इमरान खान
बलिउडका अभिनेता इमरान खानले धेरै हिट फिल्ममा काम गरिसकेका छन्। यतिबेला सामाजिक अभियान्ताको रूपमा कार्यरत भइरहेका इमरानले बालकलाकारबाट अभिनय यात्रा सुरू गरेका थिए। उनले सन् १९८८ मा 'कयामत से कयामत तक' फिल्ममा बाल कलाकारको भूमिका निभाएका थिए। त्यस्तै उनले 'जो जिता वही सिकन्दर' फिल्ममा पनि बालकलाकारको रूपमा अभिनय गरेका थिए। अभिनेता अमिर खानको भतिज नातेदार पर्ने इमरानले सन् २०१८ बाट फिल्म यात्रा छोडेका थिए।
५) उदय चोपडा
बलिउड अभिनेतासँगै फिल्म निर्माता समेत रहेका उदयले पनि अभिनय यात्रा छाडेका छन्। फिल्मकर्मी यश चोपडाको छोरा उदयले बलिउडका धेरै हिट फिल्ममा काम गरिसकेका छन्। १९९१ मा फिल्म 'लाम्हे' मा उनले सहायक निर्देशकको रूपमा काम गरेका थिए। उनले सन् २००० मा फिल्ममा अभिनय सुरू गरेका थिए। उनले दुइवटा फिल्मलाई निर्माण गरेका छन्।
६) प्रीति जिन्टा
अभिनेत्री प्रीति जिन्टाले बलिउडमा धेरै हिट फिल्ममा काम गरिसकेकी छन्। उनले बलिउडमा सफलता हासिल गरेपनि अभिनय यात्रा छाडेकी छन्। उनले 'दिलसे' फिल्मबाट डेब्यू गरेकी हुन्। यो फिल्ममा अभिनेता शाहरूख खानको अभिनय छ। उनले २०१८ मा 'भैयाजी सुपरहिट' फिल्ममा काम गरेपछि अभिनय छाडेकी हुन्।
७) असिन
अभिनेत्री असिनले अभिनेता अमिर खानसँग २००८ मा काम गरेकी थिइन्। उनले 'गजनी' फिल्ममा मुख्य पात्र बनेर अभिनय गरेकी थिइन्। उनले यही फिल्मबाट अभिनय यात्रा सुरू गरेकी थिइन्। उनले बलिउडको धेरै हिट फिल्ममा काम गरिसकेकी छन्। उनले २०१६ मा माइकोमेक्सको सह-संस्थापक राहुल शर्मासँग विवाह गरिन्। विवाह गरेपछि उनले अभिनय यात्रा छाडेकी थिइन्।
८) आयशा टाकिया
अभिनेत्री आयशा टाकियाले पनि फिल्म यात्रा छाडेकी छन्। 'टार्जन द वंडर कार' फिल्मबाट उनले अभिनय यात्रा सुरू गरेकी थिइन्। आयशा फिल्मफेयर पुरस्कारबाट सम्मानित भएकी थिइन्। उनले पहिलोपटक बाल कलाकारको रूपमा 'कम्प्लान' विज्ञापनबाट अभिनय गरेकी थिइन्। उनले २००८ मा 'दे ताली' फिल्ममा काम गरेपछि अभिनय यात्रा छाडेकी हुन्।
९) सोनाली बेन्द्रे
बलिउड चर्चित अभिनेत्री सोनालीले धेरै हिट फिल्ममा काम गरिसकेकी छन्। उनले १९९४ देखि २००३ सम्म उनले बलिउड फिल्ममा अभिनय गरेकी थिइन्। यसपछि उनले हिन्दी फिल्ममा काम नगरेपनि मराठी र तेलुगु फिल्ममा काम गरेकी थिइन्। २०२२ बाट उनले अभिनय यात्राबाट दुरी बनाएकी छन्। २०१८ मा उनलाई क्यान्सर भएपछि आफ्नो स्वास्थ्य अवस्थाका कारण फिल्म छाडेकी हुन्। साथै उनले टेलिभिजनमा विभिन्न कार्यक्रममा निर्णायक बनेकी छन्।
१०) मीनाक्षी शेषाद्री
अभिनेत्री मीनाक्षीले अभिनय यात्रा २०१६ बाट छोडेकी हुन्। अभिनेता ऋषि कपूरसँग उनले 'दामिनी' फिल्ममा अभिनय गरेकी थिइन्। यो फिल्मलाई दर्शकले धेरै मनपराएका थिए। उनले धेरै हिट फिल्ममा काम गरेकी छन्। उनले १९८३ बाट फिल्म यात्रा सुरू गरेकी थिइन्। उनले पनि विवाहपछि अभिनय यात्राबाट दुरी बनाएकी हुन्।