यतिबेला बलिउड अभिनेता बबी देओल चर्चामा छन्। 'एनिमल' फिल्मबाट अभिनयमा फर्किएका उनी सामाजिक संजालमा चर्चा बटुल्न सफल भएका छन्।
'बरसात' फिल्मबाट अभिनय यात्रा सुरू गरेका उनी करोडौं सम्पत्तिको मालिक हुन्। भारतीय संचारमाध्यमका अनुसार उनी एउटा फिल्मको लागि २ देखि ४ करोड पारिश्रमिक लिन्छन्।
'एनिमल' फिल्मबाट उनले ४ करोड पारिश्रमिक लिएका थिए। उनी अभिनयबाहेक अन्य व्यवसाय पनि गर्छन्। उनी रेस्टुरेन्ट व्यवसायबाट पैसा कमाउँछन्। उनी मुम्बईमा दुई चाइनिज रेस्टुरेन्ट संचालन गर्छन्। जसको नाम 'सुहाना' र 'समप्लेस एल्स' हो।
उनको सम्पत्ति करिब ६६ करोड भारू छ। उनको ८ करोडको शारदार घर, फार्म हाउस साथै विभिन्न कम्पनीका कार छ। उनले बलिउडका थुप्रै हिट फिल्ममा काम गरेका छन्।