बलिउड अभिनेता शाहरूख खानकी श्रीमती गौरी खानलाई इडिले नोटिस पठाएको छ।
गौरी लखनऊको रियल स्टेट कम्पनी तुलसियानी ग्रुपकी ब्रान्ड एन्बेसडर हुन्। यो कम्पनीलाई ३० करोड भारू ठगी गरेको आरोप छ।
प्रहरीमा उजुरी परेपछि कम्पनीको बारेमा सोधपुछ गर्न इडिले उनलाई बोलाएको हो। उनले कम्पनीको एन्बेसडर हुँदा गरेको सम्झौता पत्र साथै उनले कम्पनीबाट कति रूपैयाँ भुक्तानी गरेको छ भनेर इडिले सोधपुछ गर्नेछ।
उजुरीकर्ताले कम्पनीविरुद्व मात्र उजुरी दिएका थिएनन्। गौरीसहित सीएमडी र निर्देशकविरुद्ध पनि ठगीको मुद्दा दर्ता गरेका थिए।
पछिल्लो समय शाहरूखको फिल्म प्रचार वा कार्यक्रममा देखिँदै आएकी गौरी सामाजिक संजालमा सक्रिय देखिएकी छन्।