बलिउड अभिनेत्री तनुजा बिरामी भएकी छन्। ८० वर्षीय तनुजालाई स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको हो।
भारतीय मिडियाका अनुसार तनुजालाई आइसियुमा भर्ना गरिएको छ। पछिल्लो समय उनी उमेरको कारण बिरामी भइरहेकी छन्। अहिले उनको स्वास्थ्य अवस्था पहिलाभन्दा राम्रो भइरहेको छ।
अभिनेत्री काजलको आमा तनुजाले बलिउडमा हिन्दी र बंगाली दुवै फिल्ममा काम गरिसकेकी छन्। फिल्मकर्मी कुमारसेन समर्थ र अभिनेत्री शोभना समर्थकी छोरी तनुजाले फिल्म क्षेत्रमा नाम कमाइसकेकी छन्। उनले १६ वर्षको उमेरमै फिल्ममा डेब्यू गरेकी थिइन्।